Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिएको छ ।

नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउन छुट भएका आ आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077