Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने

कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्‌मा आर्थिक वर्ष २०८२।८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए ।

अहिले एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ ।

स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) तीन र चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077