Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को परीक्षा भोलिबाट, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुने

कक्षा १२ को परीक्षा भोलिबाट, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुने

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । भोलि (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने छन् ।

परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन् । बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन् । यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार एक सय ३३ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077