Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नवनियुक्त उर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त उर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित शपथ ग्रहणको कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस अवसरमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रिपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा यही वैशाख १७ गते सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077