Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एमालेको मात्रै होइन

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एमालेको मात्रै होइन

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दलहरूभित्र हुने विभिन्न समस्याहरू त्यहीँ भित्रबाट समाधान हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, ती समस्याहरूलाई राष्ट्रिय राजनीतिमा बिसाउन नहुने एमालेको निष्कर्ष छ ।

ज्ञवालीले भनेका छन्–‘दलहरूभित्र आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन । दलभित्रका समस्या आफ्नो ठाउँमा होलान् । हाम्रो पार्टीमा केही समस्या छन् भने त्यो समाधान गर्ने दायित्व हाम्रो हो । पार्टीभित्रका समस्या यदी राष्ट्रिय राजनीतिमा जोडिन थाले, त्यहाँ गएर समाधान खोज्न थालियो, त्यहाँभित्रको समस्यालाई त्यहाँ पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

त्यसैगरीनेकपा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको स्पष्ट पारेको छ ।

यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा प्रयोग भएका नाराहरूबारे प्रश्न उठेको थियो ।

कांग्रेस सांसद जीवन परियारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राखेकोप्रति आपत्ति जनाएका थिए । ‘सम्मुनत नेपाल, सम्मानीत नेपाली’ भन्ने कांग्रेसको नारालाई समावेश नगरेकोमा उनको आपत्ति थियो ।

उपमहासचिव ज्ञवालीले भने–‘केही केही नेताहरूले यसबारेमा बोल्नुभएको हामीले पनि सुन्यौं । पहिलो कुरा म निवेदन गर्छु, समृद्ध नेपाल सुखी नेपालीको नारा कुनै बेला एउटा दलले अघि सार्‍यो होला, उसको घोषणापत्रमा आयो होला । तर, अब यो नारा एउटा दलको मात्रै रहेन ।’

पन्ध्रौं र सोह्रौं पञ्चवर्षीय योजनामा हाम्रो दीर्घकालीन सोच र भिजनको रुपमा समृद्ध नेपाल सुखी नेपालीको कुरालाई निरन्तरता दिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077