Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धादिङको अवैध अस्पतालमा जिल्ला प्रशासनको अनुगमन, झुटो प्रतिवेदन बनाउने तयारी

धादिङको अवैध अस्पतालमा जिल्ला प्रशासनको अनुगमन, झुटो प्रतिवेदन बनाउने तयारी

सोमवार , बैशाख २२, २०८२

धादिङ । जिल्ला सदरमुकाममा सञ्चालित अवैध अस्पतालमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन भएको छ । अनुगमन टोलीले अस्पताल नै सञ्चालनमा नरहेको भनेर प्रतिवेदन बनाउने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेको नेतृत्वमा धादिङबेशीमा सञ्चालित सहिद मेमोरीयल अस्पतालको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अस्पतालमा बिरामी भेटिएका थिए । तर, अस्पतालका कर्मचारीले सामान्य इमरजेन्सी सेवा मात्र दिइएको बताए । अस्पतालमा फार्मेसी समेत सञ्चालनमा छ ।

तर, अस्पताल सञ्चालनमा नरहेको भनेर प्रतिवेदन बनाउन लागिएको छ । जबकी अनुगमनमा जाँदा अस्पतालको बेडमै बिरामीहरु भेटिएका थिए ।

यो अस्पतालमा एक जना पनि चिकित्सक छैनन् । अस्पतालको नवीकरण समेत भएको छैन । सरकारी अस्पतालकै केही चिकित्सकहरु गएर उपचार गर्दछन् ।

धादिङबेशीमा २०६४ सालमा यो अस्पताल सुरु भएको हो । अस्पतालले अहिले ५० शैयाको अनुमति रहेको र विभिन्न किसिमको सेवा चौविसै घण्टा हुने भनेर विज्ञापन नै गरेर संचालन गरिरहेको छ ।

अस्पताल अनुगमन सकेर निस्किएका अनुगमन अधिकारीले कर्मचारीले अस्पताललाई कानुनी र मापदण्डको कुरामा जिज्ञासा राख्दा उनीहरुले नविकरणको प्रक्रियामा रहेको र आफुहरुले सरसफाई लगायतको काम मात्र गर्दै आएको भन्दै पन्छिएका थिए ।

यो अस्पतालमा कांग्रेस, एमाले तथा माओवादी तिनै पार्टीका नेताहरुको लगानी छ । यसमा सरकारी अस्पतालका केही चिकित्सकको समेत मिलेमतो छ ।

सरकारी अस्पतालबाट बिरामीलाई यहाँ रिफर गरेर समेत उपचार हुने गरेको छ । सरकारी अस्पतालका चिकित्सक लुकेर यहाँ उपचारका लागि जाने गर्दछन् ।

यसरी अवैध रुपमा अस्पताल सञ्चालन गरेर सर्वसाधरणको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै स्थानीयले उजुरी गर्दै आएका छन् ।

तर, धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले कारबाही गरेका छैनन् । अनुगमनका लागि टोली पठाएपनि अस्पतालकै पक्षमा प्रतिवेदन बनाउन दबाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077