Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । लघुवित्त पीडितहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्।

विभिन्न जिल्लाबाट आएका उनीहरूले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने,आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था,समाजवादी अर्थतन्त्रको विकास जनपक्षीय मौद्रिक नीति कायम, कालोसूची तथा धितो लिलाम फुकुवा,भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्थाको माग गर्दै उनीहरू विरोध प्रदर्शन गरिरहेका छन् ।

लघुवित्त र मिटर ब्याजीका कारण आफूहरू समस्यामा पर्दा समेत सरकार मुकदर्शक बनेको भन्दै माग पूरा नभएसम्म जिल्ला नर्फकिने उनीहरूको भनाइ छ।

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077