Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीपी स्मृति अस्पतालमा हानिकारक फोहर भेटिएपछि महानगरले तिरायो जरिवाना

बीपी स्मृति अस्पतालमा हानिकारक फोहर भेटिएपछि महानगरले तिरायो जरिवाना

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले बीपी स्मृति अस्पताललाई ५० हजार जरिवाना तिराएको छ । अस्पतालले हानिकारक फोहर निर्मूलीकरण नगरी सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले जरिवाना गरेको हो ।

कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले जरिवाना गरिएको महानगरले जनाएको छ ।

महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए ।

अनुगमनमा पुग्दा अस्पतालहरूले हानिकारक फोहर व्यवस्थापनमा गरेका लापरवाही तरिकाले राखेको भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077