Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख रानाले भनिन् - कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद

उपसभामुख रानाले भनिन् - कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद भएको बताएकी छन् ।

कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको उनले बताईन् ।

काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले लोकतान्त्रिक व्यवस्थाले कानुन परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन् ।

नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको उनले बताईन् ।

उनले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म र? यो धेरै परिस्कृत भयो भनेको छ कानुनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानुनले विभेद गर्नु लज्जास्पद भयो ।’

उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताइन् । कुष्ठरोगसम्बन्धि विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077