Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चैतन्यको 'टप २५ छात्रवृत्ति योजना' घोषणा, जेहेन्दार विद्यार्थीलाई निःशुल्क 'प्लस टु' पढाइने

चैतन्यको 'टप २५ छात्रवृत्ति योजना' घोषणा, जेहेन्दार विद्यार्थीलाई निःशुल्क 'प्लस टु' पढाइने

आइतवार , बैशाख २८, २०८२

कैलाली । धनगढीस्थित चैतन्य पाठशालाले सुदूरपश्चिमका जेहेन्दार र विपन्न विद्यार्थीहरूका लागि ठूलो छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ ।

शिक्षा र संस्कारको संयोजन, वेद र विज्ञानको समन्वय तथा प्रकृति र संस्कृतिको सम्मानमा आधारित शिक्षण संस्था चैतन्यले चैतन्य टप २५ छात्रवृत्ति योजना – २०८२ घोषणा गरेको हो ।

२०७२ सालदेखि शैक्षिक क्षेत्रको सुधार र विद्यार्थी नेतृत्व विकासमा क्रियाशील चैतन्य पाठशालाले अब २०८२ शैक्षिक सत्रदेखि कक्षा ११ विज्ञान सङ्कायमा ‘प्लस टु’ कार्यक्रम सुरु गर्दैछ।

सोही अवसरमा 'चैतन्य टप २५ छात्रवृत्ति योजना – २०८२' सार्वजनिक गरिएको हो, जसअन्तर्गत २५ जना प्रतिभाशाली विद्यार्थीहरूले कक्षा ११ र १२ का लागि निःशुल्क अध्ययन गर्न पाउनेछन्।

विद्यालयका अनुसार, छात्रवृत्तिको कुल मूल्य कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनेछ र यसलाई हरेक वर्ष निरन्तरता दिइनेछ । छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीहरूले प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ।

आगामी असारको अन्तिम साता एसईई नतिजा सार्वजनिक भएपछि आवेदन खुला गरिने चैतन्यका सिइओ गणेशप्रसाद जोशीले जानकारी दिए ।

छनोटमा परेका विद्यार्थीहरूलाई कलेजको वार्षिक शुल्कबाहेक अन्य सम्पूर्ण मासिक शुल्क र ल्याब शुल्क पूर्णरूपमा निःशुल्क गरिनेछ । यो योजनाबाट सुदूरपश्चिमका दूरदराज क्षेत्रका मेधावी तर आर्थिक अभावमा रहेका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

विद्यालयले सुदूरपश्चिमका सम्पूर्ण विद्यालयमा पत्रमार्फत पनि जानकारी पठाउने तयारी गरेको छ । स्थापनाकालदेखि नै मानवसेवा, युवा नेतृत्व विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा क्रियाशील चैतन्य पाठशालाले सुरु गरेको यो छात्रवृत्ति योजना सुदूरपश्चिमका विद्यार्थीहरूका लागि ठूलो अवसरका रूपमा लिइएको छ ।

चैतन्य र नेपाल महर्षि वैदिक फाउण्डेसनबीच साझेदारी

संस्कार र मूल्यमा आधारित शिक्षामा निरन्तर योगदान दिँदै आएको चैतन्य पाठशालाले नेपाल महर्षि वैदिक फाउण्डेसनसँग सम्झौता गरेको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत दुई संस्थाबीच “सचेतनामा आधारित शिक्षा प्रणाली” लागू गर्न साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको हो।

सहकार्यको मुख्य उद्देश्य शिक्षालाई मानसिक, आत्मिक र वैज्ञानिक दृष्टिकोणबाट जीवनोपयोगी बनाउने रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077