Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण कोरियामा जाने विद्यार्थीको एनओसी स्थगित

दक्षिण कोरियामा जाने विद्यार्थीको एनओसी स्थगित

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । दक्षिण कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र(एनओसी) दिन स्थगित गरेको हो।

मन्त्रालयले मंगलबार सूचना जारी गरेर कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको जनाएको छ।

दक्षिण कोरियामा डी टु र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको जस्ता समस्याहरू देखिएको मन्त्रालयले उल्लेख गरेको छ।

यी समस्याहरूको अध्ययन गर्न कार्यदल गठन गरिएको छ। कोरियामा अध्ययन गर्न जाने व्यवस्थामा व्यवस्थित एवं नियमन गर्नुपर्ने आवश्यकता देखिएको कार्यदल गठन गरिएको सूचनामा उल्लेख छ।

उक्त कार्यदलको सिफारिसका आधारमा थप निर्णय लिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077