काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुनेछ ।
साथै गभर्नर नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।