Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभाबाट पारित भयो 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक'

प्रतिनिधिसभाबाट पारित भयो 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक'

आइतवार , जेठ ५, २०८२

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि छलफल भएको थियो।

छलफलका उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले विधेयक पारित हुनु सुदूरपश्चिमका लागि मात्रै नभइ देशका लागि उपलब्धि भएको बताए। विधेयक नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रको महत्त्वपूर्ण परिवर्तनको कोशेढुङ्गा भएको उनले बताए।

मन्त्री पन्तले काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर उपचारका लागि भारतको दिल्ली जाने लर्को विश्वविद्यालयको स्थापनापछि कैलालीको गेटामा रोकिने जिकिर गरे।

स्वास्थ्य जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सरकारले उक्त विधेयक ल्याएको थियो । विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077