Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सावित्रा भण्डारीको सम्मानमा खुदिबजारमा स्तम्भसहितको ‘साम्बा चोक’

सावित्रा भण्डारीको सम्मानमा खुदिबजारमा स्तम्भसहितको ‘साम्बा चोक’

सोमवार , जेठ ६, २०८२

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो ।

सो स्थानमा सावित्राको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हबल्दार साम्बा स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबलर हुन् ।

हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।

साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गले आज जेठ ५ गते उदघाटन गरेका हुन्।

उदघाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीयको उपस्थिति थियो ।

साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी साम्बाका बुवा–आमालाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077