Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘प्लेयर अफ दि म्याच पुरस्कार मनिषालाई समर्पण गर्छु'

‘प्लेयर अफ दि म्याच पुरस्कार मनिषालाई समर्पण गर्छु'

सोमवार , जेठ ६, २०८२

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै विश्व छनोटमा पुगेपछि नेपालकी कप्तान इन्दू बर्माले मिहिनेतको फल पाएको बताइन्।

प्रिजेन्टेसन समारोहमा खेलले नर्भस बनाएको बताएकी उनले भनिन्–‘तर हामीले अन्त्यमा दबाब झेल्न सक्दा जित निकाल्यौ। यो महिला क्रिकेटको ऐतिहासिक जित समेत हो ।’

खेलमा बर्मालाई प्लेयर अफ दि म्याचको पुरस्कार दिइयो। उनले २८ बलमा नटआउट ३० रन जोड्दा नेपालले जित निकाल्न सफल भएको थियो।

आफू प्लेयर अफ दि म्याच भए पनि सो पुरस्कार नेपालकी बलर मनिषा उपाध्यायलाई समर्पण गर्ने उनले बताइन्। पहिलो इनिङमा उत्कृष्ट बलिङ गरेकी मनिषाले चार विकेट लिएकी थिइन्। उनको बलिङले युएई दबाबमा परेको थियो।

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।‍

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077