Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिरियो

लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिरियो

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएको छ ।

गएराति सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएपछि लखनउको प्लेअफ पुग्ने सम्भावना सकिएको हो । अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्लेअफ दौडमा छन् ।

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

लखनउले दिएको २ सय ६ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो ।

लखनउले १२ खेलबाट १० अङ्क बनाएको छ । प्लेअफ पुग्नबाट पहिले नै बाहिरिसकेको हैदराबादको समान १२ खेलमा ९ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077