Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल

गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । चैत पाँच गतेदेखि कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको चर्चासँगै नेप्सेमा ४९ अंकले बृद्धि भएको छ ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै गभर्नर नियूक्तिमा सहमति जुटेसंगै सेयर बजारमा उछाल आएको हो ।

प्रधानमन्त्री ओली र देउवाबीच अर्थविज्ञ डा विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटिसकेको छ ।

आज नेप्से इन्डेक्स ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको छ ।

नेप्सेमा भएको कारोबारमा २२९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आज एउटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल आएन ।

आज नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबै उपसूचक बढ्न पुगेको छ ।

आजको कारोबारमा सिन्धु विकास बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गर्न सफल भए भने विन नेपाल लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए

कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशत बढ्यो ।

बैंकिङ १.९१, विकास बैंक २.९५, फाइनान्स २.४४, हाइड्रोपावर २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन १.८९, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूह १.४९ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077