Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चेन्नाईलाई हराउँदै राजस्थानको सुखद अन्त्य

चेन्नाईलाई हराउँदै राजस्थानको सुखद अन्त्य

बुधवार , जेठ ८, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन बनाए । कप्तान सञ्जु सामसनले ४१ रन जोडे । चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए ।

त्यसअघि दिल्लीको अरुण जैट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । चेन्नईका आयुष महात्रेले ४३ र डेवाल्ड ब्रेभिसले ४२ रन बनाए ।

राजस्थानका आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए । राजस्थान र चेन्नई यसअघि नै लिग चरणबाट बाहिरिसकेका छन् । राजस्थान ८ अङ्कसहित तालिकाको नवौं स्थानमा र चेन्नई ६ अङ्कका साथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077