Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा विधेयकको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल हुँदै, महासंघ असन्तुष्ट

शिक्षा विधेयकको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल हुँदै, महासंघ असन्तुष्ट

बुधवार , जेठ ८, २०८२

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

आज दिउँसो २ बजे बस्ने बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न लागिएको हो ।

उससमितले विधेयको दफावार छलफल गरी केही दिनअघि समितिलाई प्रतिवेदन बुझाएको थियो ।

धेरै विषयमा सहमति जुटाए पनि उपसमितिमा प्रारम्भिक बाल विकास र निजी विद्यालयको विषयमा सहमति हुन सकेको छैन ।

सहमति हुन नसकेका विषयमा समितिमा छलफल हुनेछ । यी विषयको टुंगो लगाउने जिम्मा समितिलाई नै दिने सहमति उपसमितिले गरेको थियो ।

लामो समय आन्दोलन गरेका शिक्षकसँग सरकारले आगामी असार १५ भित्र ऐन जारी गर्ने सहमति गरेको छ । सोही अनुसार उपसमितिले प्रतिवेदन समितिमा पेस गरेको छ र आजदेखि छलफल सुरु हुँदैछ ।

यता, नेपाल शिक्षक महासंघले भने उपसमितिको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गर्दै ठूलो आन्दोलन चर्काउने चेतावनी दिइसकेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिवेदनले विगतमा सरकारसँग भएका सहमति र लामो आन्दोलनको मर्मलाई बेवास्ता गर्दै शिक्षक–कर्मचारीको पेसागत हकहितमाथि गम्भीर प्रहार गरेको बताएको छ।
सरकार आफैँले गरेका प्रतिबद्धतामाथि गैरजिम्मेवार ढंगले व्यवहार गरेको महासंघको आरोप छ।

महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा प्रतिवेदनले शिक्षा क्षेत्रमा सुधार ल्याउनुको सट्टा झनै वितृष्णा र असुरक्षा बढाउने खालका प्रस्ताव अघि सारेको उल्लेख छ।

अस्थायी, करार, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षाका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट वञ्चित गरिएको, स्थायी शिक्षकको बढुवामा अनुचित सर्तहरू राखिएको, अस्थायी सेवाको अवधि स्थायीकरणमा नगनिएको, निवृत्तिभरण प्रयोजनमा सेवा गणनाको व्यवस्था नगरिएको र शिक्षक सरुवाका प्रस्ताव शिक्षक भावनाविपरीत रहेको जस्ता विषयहरूमा महासंघले आपत्ति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077