Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुम्बई आईपीएल क्रिकेटको प्लेअफमा, दिल्ली आउट !

मुम्बई आईपीएल क्रिकेटको प्लेअफमा, दिल्ली आउट !

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।

हिजोको भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउँदै प्लेअफमा पुगेको हो । मुम्बईले जीतको लागि दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८ ओभर २ बलमा १ सय २१ रनमा अल आउट भयो ।

दिल्लीका समीर रिझवीले सर्वाधिक ३९ रन बनाए । मुम्बईका मिचेल स्यान्टनर र जसप्रति बुमराहले समान ३ विकेट लिए ।

त्यसअघि टस हारेको मुम्बईले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । उसका सूर्यकुमार यादवले सर्वाधिक ७३ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए ।

यो जीतसँगै मुम्बईले १३ खेलबाट १६ अङ्क बनाएको छ । दिल्लीको १३ अङ्क मात्र छ । दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स लिग चरणबाट बाहिरिएका छन् ।

पाँच पटकको च्याम्पियन मुम्बई भने प्लेअफ पुग्ने चौथो टोली बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077