Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डब्लूएचओमा सांसद गौतमले भनिन् - भाइरसले सिमाना चिन्दैन

डब्लूएचओमा सांसद गौतमले भनिन् - भाइरसले सिमाना चिन्दैन

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाको रूपमा संरक्षण गर्नु पर्ने बताएकी छन् । अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्य समिति सदस्यसमेत रहेकी गौतमले स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिनुपर्ने बताईन् ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९ औं सभा अन्तर्गतको ग्लोबल संसदीय संवादमा सहभागी हुँदै उनले यसका लागि आवश्यक कानुन र लगानी सुनश्चितता गर्न लाग्नुपर्ने बताइन् ।

नेपालजस्ता निम्न आय भएका देशहरूमा यसको गम्भीर असर उर्ने
भन्दै उनले भनिन्, ‘भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन । जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।’

उनले डब्लूएचओले हालै पारित गरेको महामारी सम्झौतामा सांसदहरूको निर्णायक भूमिका रहेको पनि बताइन् ।

नेपालको कुल बजेटमा स्वास्थ्यको हिस्सा अझै पनि ५ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा निकै कम रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077