Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ ।

लखनउले जितको लागि दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो ।

गुजरातका साहरुख खानले ५७ र शेफने रूदरफोर्डले ३८ रन बनाए । लखनउका विल ओले ३ तथा आभेस खान र आयुष बदोनीले २र२ विकेट लिए ।

त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । लखनउका मिचेल मार्सले सर्वाधिक १ सय १७ रन बनाए । गुजरातका साई किशोर र अरशद खानले १र१ विकेट लिए ।

लिग तालिकामा शीर्ष स्थानको गुजरातको १८ अङ्क छ भने आईपीएलबाट बाहिरिसकेको लखनउको १२ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077