Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतीय टेस्ट टोलीको नयाँ कप्तान बने शुभमन गिल

भारतीय टेस्ट टोलीको नयाँ कप्तान बने शुभमन गिल

शनिवार , जेठ ११, २०८२

काठमाडौँ । शुभमन गिल भारतको टेस्ट क्रिकेट टीमको नयाँ कप्तान बनेका छन् ।

शनिबार मुम्बईमा बसेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बैठकले गिललाई कप्तान बनाउने निर्णय गरेको हो ।

यसअघि रोहित शर्मा भारतको टेस्ट टीमको कप्तान थिए । उनले टेस्ट क्रिकेटबाट केही दिनअघि मात्रै सन्यास लिएका थिए। रोहितले सन्यासको घोषणा गरेको केही दिनमै विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।

बिसिसिआईले ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिएको छ। साथै २० जुनदेखि सुरु हुने इंग्ल्याण्डसँगको टेस्टका लागि १८ सदस्यीय टोलीको घोषणासमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077