काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेको छ ।
शनिबार राति जयपुरमा भएको खेलमा पन्जाबले दिएको दुई सय ७ रनको लक्ष्य दिल्लीले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रनको अर्धशतकीय पारी खेले ।
दिल्लीका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । हारसँगै पन्जाबको शीर्ष–२ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।
हारससँगै पन्जाबको १३ खेलमा १७ अङ्क रहेको छ । पन्जाब तालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि नै प्लेअफबाट बाहिरिएको दिल्लीको १४ खेलमा १५ अङ्क रहेको छ । दिल्ली तालिकाको पाचौं स्थानमा छ ।