काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाविरुद्ध १–० को जित निकाल्दै इंग्लिस क्लब आर्सनलले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार राति लिस्बनस्थित स्टाडियो जस अल्भालाडेमा सम्पन्न खेलमा आर्सनललाई जित दिलाउन स्टिना ब्ल्याकस्टेनिसले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
महिला च्याम्पियन्स लिगको इतिहासमा आर्सनल १७ वर्षपछि च्याम्पियन बनेको हो ।
आर्सनलले यसअघि सन् २००७ मा महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।