Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालमा पहिलोपटक मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण

नेपालमा पहिलोपटक मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको हो ।

अस्पतालका अनुसार मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ । अर्को मिर्गौला ४२ वर्षीया एक महिलामा प्रत्यारोपण गरिएको छ । उनीहरुको केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेका अस्पतालले जनाएको छ ।

जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एक कलेजो काठमाडौं मेडिकल कलेजले निकालेको थियो ।

प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो ।

केन्द्रले वि.सं. २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको थियो ।

नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा. पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको थियो ।

हालसम्म सबैभन्दा धेरै ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077