Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हैदराबादको सुखद अन्त्य, कोलकाता ११० रनले पराजित

हैदराबादको सुखद अन्त्य, कोलकाता ११० रनले पराजित

सोमवार , जेठ १३, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदराबादले जित निकालेको छ ।

आइतबार राति दिल्लीमा भएको खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ११० रनको फराकिलो जित निकाल्दै हैदराबादले आईपीएल २०२५ को सुखद अन्त्य गरेको हो ।

हैदराबादले कोलकाता सामु २७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कोलकाताले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

कोलकाताका मनीष पाण्डेले सर्वाधिक ३७ रन जोडे । उनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । हर्षित रानोले ३४ र सुनील नारिनले १६ बलमा तीन चौका र तीन छक्कासहित ३१ रन थपे ।

हैदराबादका इसान मालिंगा, हर्ष दुवे र जयदेव उनदकटले समान तीन विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७८ रन बनाएको थियो ।

हैदराबादका हेनरिक क्लासेनले १०५ रनको शतकीय इनिङ खेले । उनले ३९ बलमा सात चौका र नौ छक्का प्रहार गरे । ट्राभिस हेडले ४० बलमा समान ६ चौका र छक्कासहित ७६ रन प्रहार गरे । ओपनर अभिषेक शर्माले ३२, इशान किसनले २९ र अनिकेत वर्माले १२ रन थपे ।

कोलकाताका सुनील नारिनले दुई विकेट लिए । वैभव अरोराले एक विकेट लिए ।

जितसँगै १३ अंक जोडेको हैदराबाद तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंकको कोलकाता आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077