Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पञ्जावले पहिलो क्वालिफायर खेल्ने

पञ्जावले पहिलो क्वालिफायर खेल्ने

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्ग्सले शीर्ष–२ मा लिग चरणको अन्त्य गरेको छ । यो जितसँगै पञ्जावले प्रतियोगिताको पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।

हिजो भएको खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जीत निकालेको हो । पन्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए ।

मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए । जयपुरमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले अर्धशतक बनाए । पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077