Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

आन्दोलनको अघिल्लो दिन राप्रपाका तीन सांसदको पीएसओ खोसियो

आन्दोलनको अघिल्लो दिन राप्रपाका तीन सांसदको पीएसओ खोसियो

बुधवार , जेठ १५, २०८२

काठमाडौं। भोलीबाट राजसंस्थासहितको हिन्दु राज्यका लागि निर्णायक आन्दोलन गर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) खोसिएको छ ।

सरकारले एकै पटक तीनै जना सांसदका पीएसओलाई फिर्ता बोलाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समितिका सभापति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ खोसिएको पुष्टि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077