Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

बुधवार , जेठ १५, २०८२

काठमाडौं । संसदमा भिजिट भिसा प्रकरणबारे बोल्न नपाएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

भिटिज भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै संसद अवरोध गरेका छन् ।

लेखकले आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको तयारी गरेका हुन् ।

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077