Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धुलिखेल अस्पतालमा पाँच तल्ले ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

धुलिखेल अस्पतालमा पाँच तल्ले ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

बुधवार , जेठ १५, २०८२

बनेपा । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको शिलान्यास गरेका छन्।

जापान सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यासका लागि प्रधानमन्त्री ओलीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि पुगेका थिए ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसारसेन्टर ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण हुन लागेको हो ।

उक्त भवन निर्माणका लागि जापान सरकारले थप तीन अर्ब दुई करोड ९६ लाख यान अनुदान दिनेछ । सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुईपक्षीय हस्ताक्षर भएको थियो ।

यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो ।

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ । सेन्टरमा पार्किङ, आइसियु, ३ वटा अप्रेसन थिएटर, एचडियुु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरु उपलब्ध हुने छ ।

त्यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077