काठमाडौं । स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनीहरूलाई स्वयं सेवक शिक्षक बनाएर सामुदायिक विद्यालयमा पढाउन पठाइने अर्थमन्त्री पौडेलले बताए ।
उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन यस्तो प्रावधान राख्न खोजेको बताए ।