Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढीमा सुरु भयो 'सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो' प्रतियोगिता

धनगढीमा सुरु भयो 'सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो' प्रतियोगिता

बिहिवार , जेठ १६, २०८२

कैलाली । ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता-२०८२’ धनगढीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिवनगरमा सञ्चालन भइरहेको हो ।

ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमटाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनीहरूलाई नै प्रतियोगिताको प्रमुख आतिथ्यमा बोलाइएको थियो ।

‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता छन् ।

चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने बताए ।

पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको सङ्गम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान गरेको बताए ।

प्रतियोगितामा विजयी हुने टिमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछ । साथै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077