Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

९ वर्षपछि आईपीएलको फाइनलमा आरसीबी

९ वर्षपछि आईपीएलको फाइनलमा आरसीबी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा पुगेको छ ।

हिजो भएको पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो ।

पन्जाबले दिएको १ सय २ रनको लक्ष्य बेङ्गलुरुले १० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । बेङ्गलुरुका फिल साल्टले अविजित ५६ रन बनाए । पन्जाबका क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए ।

त्यसअघि न्यू चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो ।

पन्जाबका मार्कस स्टोइनिसले २६ रन बनाए । बेङ्गलुरुका सुयश शर्मा र जोश हेजलउडले समान ३ विकेट लिए ।

पन्जाबले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077