काठमाडौं । रोयल च्यालेन्जर बंगलोर (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।
आईपीएलको फाइनलमा प्रवेश गरेसँगै फिल साल्टका लागि विशेष उपलब्धि मूलक बनेको छ ।
उनी लगातार दुई पटक आईपीएल च्याम्पियन हुने दुर्लभ सफलताबाट एक पाइला मात्र टाढा छन् ।
बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो ।
सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।
उसका लागि साल्टले शानदार अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
साल्टले आईपीएलको प्ले अफमा सबै भन्दा थोरै बलमा अर्धशतक प्रहार गर्ने ब्याटरको रुपमा क्रिस गेलसँग बराबरी गरेका छन् ।
गत सिजन कलकता नाइट राइडर्सबाट खेलेका उनले अन्तिम केही खेल गुमाएका थिए ।
सो समयमा अफगान विकेटकिपर ब्याटर रहमुल्लाह गुरावजले साल्टको अभाव महसुस हुन दिएका दिएका थिएनन् ।
यस सिजनमा गुरवाज र क्विन्टन डी कक दुवै प्रभावकारी भएनन् । लगातार दुई सिजन आईपीएललाई स्वर्णिम बनाउने क्रममा उनका लागि एक खेल मात्र बाँकी छ ।