काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
जेठ १२ देखि १५ सञ्चालित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जनाले परीक्षामा सहभागिता भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार १३ जना परीक्षार्थी अनुपस्थित थिए ।
मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको यस परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन ।
डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका थिए ।
तीमध्ये ३९४ जना उत्तीर्ण काउन्सिलले जनाएको छ ।