कैलाली । अछामको बयालपाटा अस्पतालको स्वामित्त र व्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रबन्ध मिलाइने भएको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले यस्तो बताएका हुन् ।
उनले बयालपाटा अस्पताललाई प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति लिइएको जानकारी दिए ।
उनले भने, “बयालपाटा अस्पतालको स्वामित्त र व्यवस्थाप प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने छ ।”
बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक अभाव झेलिरहेको छ । अछाम, बाजुरा लगायतका जिल्लाका लागि बर्दान सावित भएको उक्त अस्पतालमा पछिल्लो समय आर्थिक नहुँदा सेवाहरु प्रभावित हुँदै आएका छन् ।