Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

आइतवार , जेठ १९, २०८२

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।

पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे ।

पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077