Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलको फाइनल प्रवेशका लागि आज मुम्बई र पञ्जाब भिड्दै

आईपीएलको फाइनल प्रवेशका लागि आज मुम्बई र पञ्जाब भिड्दै

आइतवार , जेठ १९, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ ।

शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो।

पञ्जाब भने पहिलो क्वालिफायर्समा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएर दोस्रो क्वालिफायर्स खेल्न लागेको हो । यी दुई टोलीबीच आईपीएलमा ३२ भिडन्त हुँदा १७ खेल मुम्बईले जितेको छ भने १५ खेलमा पञ्जाब विजयी भएको छ ।

पछिल्लो भेटमा भने पञ्जाबले मुम्बईलाई हराएको छ। आजको विजेताले मंगलबार राति बैंगलुरुसँग उपाधिका लागि खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077