Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्तीजन्य पदार्थको लत छोड्न ‘हेल्पलाइन’ सेवा सुरु

सुर्तीजन्य पदार्थको लत छोड्न ‘हेल्पलाइन’ सेवा सुरु

आइतवार , जेठ १९, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूम्रपान र सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सुरु गरेको छ ।

शनिबारदेखि लत छोड्न चाहनेले ११३२ मा फोन गरेर परामर्श लिन सक्छन् ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा शनिबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको सुरुआत गरेका हुन्।

उनले यो सेवाले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र नियन्त्रणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

‘हेल्पलाइनबाट प्राप्त परामर्शले सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छौँ। सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण र जनचेतना फैलाउने काममा केही उपलब्धि हासिल गरेका छौँ। उत्पादन र आयात रोक्न सकिँदैन, तर उपभोक्ता घटाउनेतर्फ मन्त्रालय योजनाबद्ध काममा केन्द्रित छ,’ उनले भने।

उनले सुर्तीजन्य पदार्थमा कर बढाउन र सेवनलाई निरुत्साहित गर्न सबै तहमा जनचेतना फैलाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077