Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछाममा जंगली च्याउ खाएका तीनजना बिरामी

अछाममा जंगली च्याउ खाएका तीनजना बिरामी

सोमवार , जेठ २०, २०८२

अछाम । अछाममा जंगली च्याउ खाँदा तीनजना बिरामी परेका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका हुन् ।

आफ्नो घरनजिकै रहेको जंगलमा खेल्ने क्रममा सोमबार विषालु च्याउ खाएपछि उनीहरू बिरामी परेको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तीनैजनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077