कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताएका छन् ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको बताए ।
शिक्षा विधेयक पारित गर्न शिक्षक महासङ्घको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासङ्घसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताए ।
“उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास द्रुतगतिमा अगाडि बढ्ने विश्वाससहित महासङ्घसँग सहकार्य र समन्वय आवश्यक परेको हो”, उनले भने ।