Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट फर्केका कैलाली र अछामका ५ जनामा कोरोना पुष्टि

भारतबाट फर्केका कैलाली र अछामका ५ जनामा कोरोना पुष्टि

शनिवार , जेठ २५, २०८२

काठमाडौं । भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्केका कैलाली र अछामका पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको ‘एन्टिजेन’ परीक्षण गर्दा पाँच जनामा ‘पोजेटिभ’ देखिएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना कैलाली र दुई जना अछामका रहेका छन् ।

कोरोना सङ्क्रमित उनीहरुलाई ‘होम क्वारेण्टीन’ मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो हप्ता भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077