Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शैक्षिक बेरोजगारको संख्या धेरै भएकोमा उपप्रधानमन्त्री सिंहको चिन्ता

शैक्षिक बेरोजगारको संख्या धेरै भएकोमा उपप्रधानमन्त्री सिंहको चिन्ता

शनिवार , जेठ २५, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पछिल्लो समय शैक्षिक बेरोजगारको सँख्या धेरै भएकाले अब सीपसहितको शिक्षा हुनुपर्ने बताएका छन् ।

श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ६४ओैं वार्षिकोत्सब तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने भन्दै उनले अहिले शैक्षिक बेरोजगारको सँख्या धेरै भएकोमा चिन्ता व्यक्त गरे ।

शैक्षिक प्रमाणपत्रसँगै सीपको प्रमाणपत्र दिएर विद्यार्थीले चाहेको लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउन तर्फ शिक्षकहरुले ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077