Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया सफल, अब विदेश जानु नपर्ने

नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया सफल, अब विदेश जानु नपर्ने

आइतवार , जेठ २६, २०८२

काठमाडौं । सामाजिक, मानसिक, भावनात्मक र शारीरिक रूपमा फरक पहिचान बनाएका नेपाली ट्रान्सजेन्डर व्यक्तिहरूलाई लिंग परिवर्तन गर्न अब विदेश जानु नपर्ने भएको छ ।

नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्वक सम्पन्न भएपछि अब विदेश जानु नपर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा यो अप्रेशन गर्न विदेश जानुपर्ने बाध्यता मात्र नभई धेरै खचिलो समेत हुने भएकाले अब नेपालमा यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर सुमदायलाई धेरै राहत मिल्ने बताइएको थियो ।

‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको अस्पतालले जनाएको छ ।

विदेशी विशेषज्ञ प्लास्टिक सर्जन डा.अलिरेजा हामिदियन जारोमीको नेतृत्वमा तथा विभागीय प्रमुख प्रा।डा।जयन मान श्रेष्ठको संयोजकत्वमा उक्त अप्रेशन सम्पन्न भएको अस्पतालद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ साल जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्पमा अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न गरेको थियो ।

यस्तो छ अस्पतालले जारी गरेको बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077