Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी अस्पतालमा प्रत्यारोपण सामग्री आफ्नै फार्मेसीमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र

सरकारी अस्पतालमा प्रत्यारोपण सामग्री आफ्नै फार्मेसीमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र

सोमवार , जेठ २७, २०८२

काठमाडौं। सरकारी अस्पतालका फार्मेसीमा मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री उपलब्ध नहुँदा बिरामीहरुले महँगो मूल्यमा खरिद गर्नु पर्ने समस्या कायमै छ ।

अस्पतालका फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालकै फार्मेसीमा ति सामग्री व्यवस्था गर्न परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न निर्णय गरेको हो ।

सोहीअनुसार सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

साथै बिक्रेताहरुलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ ।

मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरुलाई सचेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077