Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाको पाँच बुँदे प्रस्ताव सत्ता पक्षलाई मनाउने प्रयासमा विपक्षी दल

रास्वपाको पाँच बुँदे प्रस्ताव सत्ता पक्षलाई मनाउने प्रयासमा विपक्षी दल

बुधवार , जेठ २९, २०८२

काठमाडौं । माओवादी केन्द्र सहितका विपक्षी दलहरुको बैठकले संसदको अवरोध खुलाउन सहमतिका लागि रास्वपाले ल्याएको पाँच बुँदे प्रस्ताव स्वीकार गरेको छ ।

आज बिहान संसद भवनमा बसेको विपक्षी दलका नेताहरुको बैठकले सत्ता पक्षका दलहरुलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी थिए ।

बैठक सकिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार कांग्रेस–एमालेका नेताहरुलाई भेट्न गएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।

यसलाई सत्ता पक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077