Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

बुधवार , जेठ २९, २०८२

काठमाडौं । सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले २०८२ असार १० गतेदेखि १२ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैठकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृत दिएको छ।

२०८२ असार २ गतेदेखि ६ गतेसम्म तिब्बतको ल्हालामा आयोजना हुने नेपाल(चीनको सिजाङ (तिब्बत)व्यापार सहजीकरण समितिको १३औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र सो बैठकमा सहभागी हुन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता गुरूङले जानकारी दिए।

त्यस्तै,निर्माण व्यवसायीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी बैठकले नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह,अतिरिक्त स्वास्थ्य सचिव पदमा डा।केशर बहादुर ढकाल र डा.श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्नेलगायत निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077