काठमार्डौ । जेठ १३ गतेदेखि पटक–पटक सर्दै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । बैठक नै नबसीकन सर्दै आएपनि आज भने बैठक बसेको थियो ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेपछि बैठक बिहिबार तीन बजेसम्मका लागि सरेको हो ।
सभामुख देवराज घिमिरेले बैठक अजरुद्ध गरीरहेका प्रतिपक्षी दलका सांसदहरुलाई समय लिएर बोल्न र संसद अवरोध हटाउन पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले नटेरेपछि बैठक स्थगित गरिएको हो ।
उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।