Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत, निर्देशक र इन्जिनियरसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत, निर्देशक र इन्जिनियरसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

बुधवार , जेठ २९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै काठमाडौं महानगरपालिकाका ७ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ४ जना निर्देशक, १ जना सहायक निर्देशक र १ जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

परियारसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य र नमराज ढकाल रहेका छन् । त्यसैगरी सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी रहेका छन् ।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

उक्त ठेक्का प्रक्रियामा कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।

उक्त प्रक्रियामा ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077